February 2, 2025
काठमाडौं । भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । धनुषाका डीएसपी वरुणबहादुर सिंहले मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए ।
मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । यस्तै अरु ४ जना घाइते छन् ।
कुम्भ मेला सकेर फर्किने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको जनाएको छ ।
प्रकाशित मिति:February 2, 2025
June 2, 2025
June 2, 2025