टिपर दुर्घटना हुँदा चालकको मृत्यु

  Sampatti News Online

April 13, 2025

काभ्रेपलाञ्चोक । काभ्रे  जिल्लाको मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँमा निर्माणाधीन होटलको परिसरमा बालुवा अनलोड गर्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रकाशित मिति:April 13, 2025