राज्य मन्त्री दुगड नक्कली धन्धा संचालन गर्दै

  Sampatti News

October 4, 2020

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती राज्य मन्त्री मोतीलाल दुगडले आफ्नो शक्तीको दुरुपयोग गर्दै अवैध रुपमा नुन प्याकेजिङ गरि बजारमा बिक्री गरेको पाईएको छ ।
मन्त्री दुगडले संचालन गरेको दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा।लि।ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नूनको प्याकेजिंग गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयां ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५।००) मा बिक्रि बितरण भई रहेको भेटिएको हो ।
जनस्वास्थ्यसँग सरोकार राख्ने अति महत्वको दैनिक उपभोग्य वस्तु नुनको अवैध कारोबारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा २०२० साल देखी साल्ट ट्रेडिङ वाहेक अन्यले नुनको भण्डारण र बिक्री वितरण गर्न पाउने व्यवस्था नेपालमा छैन । नेपाल सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङले जनस्वास्थ्यलाई ध्यान राख्दै गुणस्तरियता माथि ध्यान दिदै प्याकेजिङ गरि सस्तोमा नुन बिक्री गर्ने गरेको छ भने दुर्गम जिल्लामा पनि आयोडिनयुक्त नुन पुर्याउन सफल रहेको छ ।
त्यसैले सरकारले साल्ट ट्रेडिङ वाहेक अरु कम्पनीलाई नुन ल्याई बिक्री गर्न रोक लगाएको छ । तर राज्य मन्त्री दुगडले शक्तिको दुरुपयोग गर्दै अनुमती वेगर नुन बिक्री गरेका छन् । शक्ति केन्द्र माथि पकड जमाउदै मानिसहरु कसरी अनुचित रुपमा आय आर्जनमा लाग्छन भन्ने एक ज्वलन्त उदाहण बनेका छन् राज्य मन्त्री दुगड ।

दुगडको कम्पनी विरुद्ध कार्वाहीको माग राख्दै मंचले दियो उजुरी
अवैध रुपमा नुन प्याकेजिङ गरि बजारमा बिक्री गरेको पाईए पछि राष्ट्रिय उपभोक्ता मंचले उक्त कम्पनी विरुद्ध प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उजुरी दर्ता गराएको छ । मंचका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मंचका तर्फबाट हालेको उक्त उजुरीमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि. ले प्याकेजिंग गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार गरेकोमा उक्त उद्योग माथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्रि बितरणमा रोक लगाइ पाउन मन्चमा गुनासो आएको उल्लेख गरिएको छ ।

साथै, गुनासो व्यवस्थापन गर्ने क्रममा मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा मिति १२।५।२०७७ मा उजुरी निवेदन दिने काम भएको र सो निवेदन उपर बिभागले गरेको छानविनको क्रममा उक्त नून उत्पादनको लागी अनिवार्य रुपमा बिभागको अनुज्ञा पत्र लिइनु पर्ने र बिभागको स्वीकृति लिनु पर्नेमा नलिएको÷नदेखिएको भनि खाद्य गुणस्तर कार्यालयको मिति २०७७।५।१७ को पत्रबाट जानकारी प्राप्त भएको भनि बिभागबाट मंचलाई सूचित गरेको व्यहोरा सहित प्रधान मन्त्रीलाई सम्बोधन गरिएको उक्त पत्रमा उल्लेख छ ।

मंचले आम नेपाली नागरिकको जन्म देखि मृत्युसम्म र बिहान देखि बेलुकासम्म दैनिक उपभोग गर्ने वस्तु मध्येको एक खाद्य नूनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन, संचय, बिक्रि बितरण गर्ने काम नेपाल सरकारले २०२० साल देखि नै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत मात्र हुंदै आएकोमा यसरी अनधिकृत रुपमा नूनको प्याकेजिंग, संचय तथा बिक्रि बितरण गर्नु प्रचलित कानून बिपरित रहेको औल्याउदै उक्त कम्पनी उपर कार्वाही गर्न माग गरेको छ । एउटा मन्त्रीले यसरी नक्कली धन्दा गर्दा पनि कसरी टिकिरहेका छ्न जन स्तरमा प्रश्न उठेको छ।मन्त्री दुगडले काला बजारी गर्ने ब्यापारीहरुको संरक्षकत्व प्रदान गर्दै आइरहेको थाहा नपाएर हो या जानकार भएर नै प्रधानमन्त्री ओलि मौन देखिएका हुन बजारको बेथिति नियाल्नेहरु आश्चर्य चकित भएका छ्न।

राष्ट्रिय उपभोक्ता मंचद्वारा प्रेसित पत्रको पूर्ण पाठ

बिषयः अबैध तथा गैरकानूनी तरिकाले नून उत्पादन तथा बिक्रि बितरण गरेकोमा कारवाही गरी पाउं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

उपरोक्त बिषयमा उपभोक्ताको हक अधिकारको संरक्षण तथा उपभोक्तावर्गको हित रक्षाको लागी २०६३ सालमा स्थापना भएको राष्ट््िरय उपभोक्ता मन्चले समाजमा आम उपभोक्ता माथि हुने थिचोमिचो बिरुध्द आवाज उठाउने, अनुचित व्यवसायिक कृयाकलाप बिरुध्द आवाज उठाउने तथा आम उपभोक्ताको पक्षमा सरकारको ध्यान आकृष्ट गर्नको लागी देशभरमा संगठन सन्जाल स्थापना गरी उपभोक्ताको हितमा बनेका ऐन कानून कार्यान्वयन गर्नमा सरकारी पक्षलाइ सहजीकरण गर्दै प्रतिस्पर्धात्मक बजार निर्माण गर्ने काम गर्दै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा हार्दिक निवेदन गर्दछौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रस्तुत बिषयमा निवेदन गर्दछौं कि टंकी सिनवारी, मोरंग स्थित नेपालको एक प्रतिष्ठित खाद्य उद्योग दुगड स्पाइस एण्ड फुड प्रोडक्टस प्रा।लि।ले नेपालीहरुको भान्छामा आवश्यक पर्ने बिभिन्न किसिमका गरम मसलाहरु लगायत खाद्य पदार्थहरु उत्पादन गर्दै बजारीकरण गर्दै आएकोमा केही समय अगाडीबाट सो कम्पनीले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नूनको प्याकेजिंग गरी प्रति सय ग्रामको बिल बिजक मूल्य रुपैयां ३२ (प्याकेटमा अंकित मूल्य रुपैया ३५।००) मा बिक्रि बितरण भई रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं ।

दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा.लि. ले प्याकेजिंग गरेको सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) गैरकानूनी तरिकाले उत्पादन तथा प्याकेजिंग गरी कारोवार गरेकोमा उक्त उद्योग माथि कानूनी कारवाही गर्नुको साथै उपरोक्त ब्राण्डको नूनको बिक्रि बितरणमा रोक लगाइ पाउन यस मन्चमा गुनासो आएकोमा गुनासो व्यवस्थापन गर्ने क्रममा यस मन्चले गरेको अनुगमन, अध्ययन तथा तथ्यगत सूचनाको आधारमा खाद्य प्रबिधि तथा गुणनियन्त्रण बिभागमा मिति १२।५।२०७७ मा उजुरी निवेदन दिने काम भएको र सो निवेदन उपर बिभागले गरेको छानविनको क्रममा उक्त नून उत्पादनको लागी अनिवार्य रुपमा बिभागको अनुज्ञा पत्र लिइनु पर्ने र बिभागको स्वीकृति लिनु पर्नेमा नलिएको÷नदेखिएको भनि खाद्य गुणस्तर कार्यालयको मिति २०७७।५।१७ को पत्रबाट जानकारी प्राप्त भएको भनि बिभागबाट हामीलाइ सूचित गरेको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

आम नेपाली नागरिकको जन्म देखि मृत्युसम्म र बिहान देखि बेलुकासम्म दैनिक उपभोग गर्ने वस्तु मध्येको एक खाद्य नूनको उपयोग, प्रयोग, गुणस्तर तथा मूल्य आदिका सम्बन्धमा नेपाल सरकारले तोकेको मापदण्डमा रही उत्पादन, संचय, बिक्रि बितरण गर्ने काम नेपाल सरकारले २०२० साल देखि नै साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेड मार्फत मात्र हुंदै आएकोमा यसरी अनधिकृत रुपमा नूनको प्याकेजिंग, संचय तथा बिक्रि बितरण गर्नु प्रचलित कानून बिपरितको कार्य हो ।

नेपालमा बिगत पांचदशक भन्दा बढि अबधि देखि नेपाली जनतालाई राज्यको तर्फबाट साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेडले सहज, सुलभ र स्वस्थ वस्तुको रुपमा नूनको आपूर्ति गर्दै आएकोछ । बिश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार पनि ९० प्रतिशत घर परिवारमा स्वस्थकर आयोडिनयुक्त नून प्रयोग गर्ने देशको रुपमा परिचित हुन थालेकोछ भने गलगांडको समस्या निर्मूल भई सकेकोछ भने प्रत्येक एकलाखमा ४ जनामा कण्ठरोग बांकी रहनु सरकारको लागी ठूलो उपलव्धी हो । आम उपभोक्ताले कहिल्यै अभाव महसुस नगरी सुलभ रुपमा पाउने वस्तु भनेकै नून हो भन्ने बिश्वास राज्यले दिलाउन सकिरहेको अवस्थामा सरकारी संयन्त्रमा अनुचित व्यापारिक कृयाकलाप गर्ने तत्वहरुको घूसपैठले एकाध अवस्थामा नूनको आपूर्ति व्यवस्थापनमा अप्थ्यारो स्थिति नआएको होइन । दीर्घकालीन रणनिती तथा सोच तथा निर्णय क्षमताको आधारमा यस्तो कृयाकलाप हुने कुरा सबैबाट बुझेकै कुरा हो । अहिले पनि केही अवाच्छित र अनुचित व्यापारिक कृृयाकलाप गर्ने व्यक्तिहरु सरकारकै नजिक रहेर सरकारको नै बदनाम गर्दै जनतालाई शोषण एवं ठग्ने काम हुन थालेकोमा सम्माननीय प्रधानमन्त्रीज्यूमा अत्यन्त खेदका साथ निवेदन गर्न आएकाछौं । त्यसैले प्रस्तुत बिषयमा दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रा।लि। ले गैरकानूनी तरिकाले अबैध रुपमा सेन्चुरी ब्राण्डको स्प्रिंकलर्स टेवल साल्ट (नून) उत्पादन तथा प्याकेजिंग गर्ने गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको जानकारीबाट प्रष्ट हुन आएको हुंदा उक्त उद्योग र उद्योगका संचालक माथि निम्न अनुसारको कसूर गरेको देखिएको हुंदा आवश्यक छानविन गरी कानूनी कारवाही गरी पाउन सम्माननीयज्यूमा हार्दिक अनुरोध गर्दछौं ।

१० नेपाल सरकारको मिति २०७३ चैत्र २१ गते प्रकाशित नेपाल राजपत्रको खण्ड ६६ (संख्या ६६) प्रकाशित सूचना अनुसार नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) र प्रतिस्पर्धा प्रबध्र्दन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३० ले दिएको अधिकार प्रयोग गरी सम्बत २०७४ साल साउन १ गते देखि अर्को व्यवस्था नभएसम्मका लागी साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेडबाट नेपालभर आयोडिनयुक्त नूनको आयात, भण्डारण तथा बिक्रि बितरण गराउने व्यवस्थालाइ निरन्तरता दिने निर्णय गरेकोछ । यसरी नेपाल राज्यभर साल्ट ट््रेडिंग कर्पोरेशन लिमिटेड मात्र आयोडिनयुक्त नूनको आयात, आपूर्ति, संचय तथा बिक्रि बितरण गर्ने एकल अधिकार दिएकोमा उक्त कम्पनीले सरकारको निर्णय र नियम कानून उल्लंघन गरी सर्वसाधारण उपभोक्ताको जिउ ज्यान माथि खेलवाड गर्ने काम गरेकोछ ।

२०नेपाल सरकारको कण्ठरोग नियन्त्रण समितिको नीति तथा निर्देशनमा मात्र आयोडिनयुक्त नून बिक्रि बितरण गर्न पाउने व्यवस्था गरेकोछ । तर उक्त कम्पनीले स्प्रिंकल टेवल साल्ट (नून) को उत्पादन तथा बिक्रि बितरण गर्ने काम गरी भ्रमात्मक प्रचार गरी उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थाहरुको उल्लंघन गर्ने काम गरेको देखिएकोछ ।

३०खाद्य ऐन, २०२३ को दफा ४(ख) मा तोकिएको खाद्य पदार्थको उत्पादन, बिक्रि बितरण, संचय, वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिए बमोजिम अनुज्ञा पत्र लिने पर्ने व्यवस्था गरिएकोमा अनुज्ञा पत्र वा इजाजत पत्र नलिएको ।

४०खाद्य ऐन २०२३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुण र स्तर तोक्ने अधिकार नेपाल सरकारलाइ मात्र रहेको र नेपाल सरकारले मिति २०५७।१०।२३ को नेपाल राजपत्रको भागको ३ खण्ड ५० संख्या ४२ मा प्रकाशित सूचना अनुसार आयोडिनयुक्त नूनको गुणस्तर निर्धारण गरिएकोमा प्रस्तुत सेन्चुरी टेवल साल्टको प्याकेटमा मात्र उल्लेख गरि सर्वसाधारण उपभोक्तालाई झुक्याउने काम गरेकोछ ।

५०बजारमा अत्यन्त गुणस्तरीय आयोडिनयुक्त आयोनून प्रति किलो २० रुपैयांमा पाईरहेको अवस्थामा प्याकेजिंग मात्र गरी प्रति १०० ग्रामको ३२ रुपैयां मूल्य निर्धारण गरी हदैसम्मको कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित कृयाकलाप गरी सर्वसाधारण उपभोक्तालाई चरम शोषण गर्ने काम गरेको देखिएकोछ ।

६०उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को अनुचित व्यापारिक तथा व्यवसायजन्य कृयाकलाप गर्न नहुने काम गरेको ।

प्रकाशित मिति:October 4, 2020