November 12, 2020
पछिल्लो समयलाई प्रविधिको युग भन्ने गरिन्छ । साथै पुरातनवादी केही कुराहरुलाई कुसस्कारकै रुपमा लिने गरिन्छ ? तर एकपटक सोचौँ त के विगतमा हाम्रा पुर्खा सबै कु प्रथा नै माने होलान्? अँह! यो कदापी हुन सक्दैन । पहिला पुर्खाहरुले जे जति कामहरु गरे त्यो अहिले विज्ञानले बैज्ञानिक तवरले प्रमाणित गर्दै आएको छ ।
संसारमा कुनै अदृश्य शक्ति अवश्य पनि हुन्छ । यसलाई हामी अन्धोरुपमा नर्कानु पनि एक हाम्रो अन्धोपन हो ।
मानव सभ्यताको शिशु बिहानीमा आदिम मानवको आद्यःचेतनाले प्रकृतिको विनासकारी र कल्याणकारी रुपलाई अदृष्य शक्तिद्धारा सञ्चालित भएको ठान्यो । अदृष्य शक्तिप्रतिको डर अनि त्रासको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवीकरण गर्यो । प्रकृतिका विविधरुपलाई फरक फरक शक्तिद्धारा सञ्चालित भएको विश्वासमा वहुदेववादको कल्पना गरियो ।
अतः विश्वको हरेक सभ्यतामा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको पाईन्छ । आदिम सभ्यताको उत्खननबाट प्राप्त पुरातात्विक सामाग्रीहरुको आधारमा प्राचीन मानव प्रकृतिपूजक रहेको पुष्टि हुन्छ । फरक यति हो कि देश,काल, वातावरण र पर्याव’रण अनुसार पूजा, उपासना र साधना पद्धति फरकफरक हुन्छ । हिन्दू धर्म र दर्शनमा प्रकृति लगायत समस्त विश्वकल्याणको लागि उपासना र प्रार्थाना गरिन्छ यस्ता उपासना र अनुस्ठानको भित्रि उद्धेश्य वातावणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ ।
कतिपय हिन्दू राजाहरुले त आफूलाई सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर आफूलाई परिचित गराउँनुमा प्रकृतिपूजन प्रतिको आस्था भाव नै हो । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै,अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँ छ । सिधा भाषामा भन्नु पर्दा नाग भनेको सर्प हो । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ ।
हिन्दूहरुले अमृत समान दुध दिने गाईलाई जसरी आमा समान मानेर पूजा गर्छन, त्यसरी नै विष ओकल्ने सर्पको पूज गर्ने जाती त हिन्दूधर्मी आर्यहरु नै हुन् । आज पनि भारत तथा नेपालमा आफूलाई नाग जातीका सन्तान मान्ने जातीहरु छन् । भारतमा त नागाल्याण्ड भन्न ठाउँ बिशेष प्रख्यात छ । जातीय शास्त्रले नाग जातीलाई मंगोल मूल आदिबासी हुन भनि व्याख्या गर्दछ ।
के सबैकुराहरु असत्य नै होलान्? हुन सक्दैन यो कुनै न कुनै अदृश्य शत्तिमा लुकेको हुन्छ ।
प्रकाशित मिति:November 12, 2020