पूर्व प्रधानमन्त्री भट्टराईको प्रश्नः ओली र प्रचण्डले एकअर्काले लगाएको आरोप त्यतिकै सकिएला र ?

  Sampatti News

December 16, 2020

काठमाडौँ । जनता समाजबादीका अध्यक्ष एबम् पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाको आजको बैठकले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहालबीच दुबै प्रस्ताव फिर्ता लिएर छलफल गर्ने भने गरेको सहमतीमा प्रश्न उठाएका छन् ।

डा भट्टराईले ट्वीट गर्दै आजको यक्ष प्रश्नः दुइजनाले एक अर्काका भ्रष्टाचार, गैरकानूनी र अनैतिक हर्कत सार्वजनिक गर्ने र पछि फच्चे भयो अब बॉडीचुॅडी खाऊॅ भन्छन् भने तेश्रो पक्षले के गर्नुपर्ला ? भन्दै आम जनमानसमा प्रश्न उठाएका हुन् । उनले थप्दै भनेका छन्, ‘उनीहरूको आन्तरिक मामिला हो जेसुकै गरून् भन्ने कि यो राज्यको र नागरिक चासोको विषय भएकाले हस्तक्षेप गर्ने ?’ डा भट्टराईले गम्भीर बन्न आह्वानसकेत सरोकारबाला सबैलाई आह्वानसमेत गरेका छन् । डा भट्टराईले ओली र दहालले लगाएका नेकपाको अध्यक्षका हैशियतका आरोप प्रत्यारोप त्यति सजिलै मिल्न नहुने तर्क गर्न खोजेका छन् ।
डा भट्टराईको ट्वीटः आजको यक्ष प्रश्नः दुइजनाले एक अर्काका भ्रष्टाचार, गैरकानूनी र अनैतिक हर्कत सार्वजनिक गर्ने र पछि फच्चे भयो अब बॉडीचुॅडी खाऊॅ भन्छन् भने तेश्रो पक्षले के गर्नुपर्ला ? उनीहरूको आन्तरिक मामिला हो जेसुकै गरून् भन्ने कि यो राज्यको र नागरिक चासोको विषय भएकाले हस्तक्षेप गर्ने ? गम्भीर बनौं !

प्रकाशित मिति:December 16, 2020