सेवाकालिन प्रशिक्षणका लागी २ अधिकृत र उपसचिव सिफारिस

  Sampatti News

December 18, 2020

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २ जना र महानगरपालिकाका १ उपसचिवसहित ३ जनालाई सेवाकालिन प्रशिक्षणका लागि मनोनयन गरेको छ । मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ३५ कार्य दिनको तालिमका लागि मनोनयन गरेको हो ।

सचिव स्तरीय निर्णयले सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेल र कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल तथा पोखरा महानगरपालिकाका आर्थिक प्रशासनका उपसचिव जयराम पौडेललाई सिफारिस गरेको हो ।

प्रकाशित मिति:December 18, 2020