काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। राप्रपा शीर्ष नेतृत्व,महानगर कर्मचारी र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग भएको छलफल पछि मेयर बालेन साह २१ दिनको समय दिन तयार भएपछि मूख्यालयमा तत्काल डोजर नचल्ने भएको हो। बिजुलीको हाइटेन्सन तार मुनी बनाइएको उक्त भवनको नक्सा पाससमेत नभएको भन्दै महानगरले सोमबारसम्मको समय दिँदै नभत्काए आफैं डोजर चलाउने चेतावनी दिएको थियो। महानगरले सोमबार नै डोजरसहित कर्मचारीलाई धुम्बाराहीमा रहेको राप्रपा कार्यालय पठाए पनि नेता कार्यकर्ताले बाटोमा गाडी तेर्स्याएपछि भत्काउन पाएको थिएन। दानमा पाएको उक्त जग्गा नामसारी नभएको,घरको नक्सा पास नभएको तथा हाइटेन्सन मुनी घर बनाएको भन्दै महानगरले उक्त भवन भत्काउने निर्णय गत वर्ष नै गरेको थियो।
तर आफैं भत्काउन राप्रपाले आनाकानी गरेपछि माइकिङ गरेर सोमबारभित्र भत्काउन महानगरले समय दिएको थियो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले महानगरसँगको सहमतिमा तत्कालका लागि भवन भत्काउने निर्णय स्थगित भएको जानकारी दिए। २१ दिनभित्र राप्रपाले भवनको नक्सा पास, जग्गाको नामसारी लगायत कागजी प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।प्रवक्ता श्रेष्ठले करेन्ट नै नभएको हाइटेन्सन मुनी रहेको भवन भत्काउने महानगरको निर्णय पूर्वाग्रही रहेको बताउँदै महानगरका केही वडा कार्यालयसहितका कतिपय सरकारी भवन नै नक्सा पास बिनै सञ्चालनमा रहेको दाबी गरे। उनले भने,‘ती भवनमा मेयर साहको नजर नजाने,हाम्रो कार्यालयमा मात्रै पर्नुले यो उनको हिरोइजममात्रै देखिन्छ। कागजी प्रक्रिया पूरा भएपछि हामी कानुनी उपचारको खोजीमा लाग्छौँ।’