सहसचिव अधिकारी सचिवमा बढुवा
काठमाडाै । सरकारले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अधिकारीलाई लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको हो । मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव अधिकारीलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार