नेपालले नाका बन्द गर्दा भारतीय बजार ठप्प
धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनवसाका व्यापारीको कारोवार ठप्प भएपछि सीमा नाका गड्डाचौकी खोल्न आग्रह गरेको छ । प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसाले भारतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो। नेपालको महेन्द्रनगर लगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीको लाखौं रुपैयाँको मालसामान उधारो लिएकाले रकम असुलका लागि व्यापारीलाई सीमा क्षेत्रमा प्रवेश गर्न माग गरेका छन्।…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार