काठमाडौँ । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित कार्यक्रममा डा लम्साललाई प्रदान गरियो । उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उहाँलाई पुरस्कृत गर्नुभयो । धादिङमा जन्मिनुभएका…