कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बस्ने काग्रेस सचिवालयले जनाएकाे छ । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
सम्पत्ती न्यूज
२७ बैशाख २०८१, बिहीबार