काठमाडौं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा विभागको वाणिज्य व्यवसाय तथा नियमन शाखाका अधिकृत अर्जुन सुवेदी, नायब सुब्बा नरेन्द्रबहादुर चन्द र सोही विभागका लेखापढी व्यवसायी रामबाबु दाहालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको…