कांँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाण्डू, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान १०ः३० बजेका लागि आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाले सूचना जारी गर्दै बैठक आव्हान गरेको जनाएको हो । पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए ।
सम्पत्ती न्यूज
३ मंसिर २०८१, सोमबार