नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक जेल चलान
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अवैध सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो…
सम्पत्ती न्यूज
१३ बैशाख २०८१, बिहीबार