काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आएपछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई पदको लोभ नभएपनि काँधमा आएको जिम्मेवारीबाट नभाग्ने बताए । ‘नेपाली काँग्रेसलाई पदको लोभ छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन,’ देउवाले भने । कार्यक्रमा देउवाले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त’ नगर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई…