पूर्वसभामुख ढुङ्गानाको निधनले माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
काठमाण्डू, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए । उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
सम्पत्ती न्यूज
३ मंसिर २०८१, सोमबार