चालू आर्थिक वर्षको तीन महिनामा गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि, तरकारी र गेडागुडीको मूल्य उच्च
काठमाण्डू, नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो । “२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव…
सम्पत्ती न्यूज
५ मंसिर २०८१, बुधबार