काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भनेर प्रश्न खडा गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ नेकपाको प्रचण्ड–माधव पक्षका सांसद आफ्नो स्थानबाट उठेर बैठक अवरुद्ध गरेका थिए ।सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि सांसद रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।उनले…