पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो: भूगर्भविद्
महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ । गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् । ललितपुरस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीनतले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिनुभयो । उहाँहरुले तीनसम्म पहिरोको स्थलगत अध्ययन गर्नुभएको थियो…
सम्पत्ती न्यूज
१४ चैत्र २०७८, सोमबार