डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी
काठमाडौं - डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले|) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गर्नुभएको छ । यसैगरी…
सम्पत्ती न्यूज
१ जेष्ठ २०७९, आईतवार