दुग्ध विकास संस्थानमा झा नियुक्त
दुग्ध विकास संस्थानमा झा नियुक्त काठमाडौँ-दुग्ध विकास संस्थानले नयाँ महाप्रबन्धक पाएको छ । मन्त्रिपरिषदको बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । सोमबार बसेको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको मन्त्रालय स्रोतले बताएको छ । साथै उक्त बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको बताईएको छ ।…
सम्पत्ती न्यूज
१४ चैत्र २०७८, सोमबार