कपिलवस्तु एमाले अध्यक्षमा खनाल विजयी
२९ वैशाख, बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी भएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनबाट बहालवाला अध्यक्ष डम्मर शर्मालाई २४ मतान्तरले पराजित गर्दै खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले २७८ मत पाएका छन् । शर्माले भने २५३ मत प्राप्त गरेका छन् ।
सम्पत्ती न्यूज
२९ बैशाख २०८१, शनिबार