एमालेका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने काठमाडौँ-नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै उहाँले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताउनुभयो । उहाँले एमालेलाई घेर्ने र बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गर्नुभयो । प्रदेश सांसद एवं एमाले…