मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु
विराटनगर । मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार