स्कुल पसेको भैंसी डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइयो
काठमाडौं । बुद्धनगरस्थित एक स्कुलभित्र पसेको भैंसीलाई डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रयोग गरेपछि ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको भैंसी बेहोस भएको थियो । उक्त भैंसीलाई अहिले वन र सुरक्षाकर्मीसहित टोलीले नियन्त्रणमा लिएको छ। बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए ।…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार