‘ब्रेक सु’ भित्रको सुन आज पगाल्दै
काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज पगाल्ने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन पगाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन पगाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार