शेयर बजारमा सामान्य अंकको गिरावट

  Sampatti News Online

August 14, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७ दशमलब २४ विन्दुमा बन्द भएको हो ।    

१३  उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विका सबैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।     

त्यस्तै, आज दुई अर्ब ९ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर  लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

प्रकाशित मिति:August 14, 2023