ठ’गी’को आ’रो’पमा चलचित्र ‘तेल भिसा’का निर्माता कार्की प’क्राउ

Nepal Cover
१० चैत्र २०८२, मंगलवार
image

काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् । ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्कीलाई आज काठमाडौंबाट पक्राउ गरेको हो । अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नदिएको भन्दै कार्कीविरुद्ध उजुरी परेको कार्यालयले जनाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।

पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

उनीविरुद्ध वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ । उनले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सी विगत १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए ।

उनले २५० जनालाई ठगी गरको आरोप छ । १०० जना भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

यसअघि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो ।

पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ । उनी भारतमा अन्नपूर्ण फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए ।