काठमाडौँ । नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन भदौ महिनामा आयोजना गर्ने प्रस्ताव अघि सारिएको छ।
सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन् । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा थापाले महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन् ।
प्रस्तावित मिति र तयारीसम्बन्धी विषयमा बैठकमा छलफल जारी रहेको र अन्तिम निर्णय बैठकबाटै गरिने बताइएको छ।
विशेष महाधिवेशनपछि गठन भएको वर्तमान नेतृत्वले नियमित महाधिवेशन आयोजनाको प्रक्रिया अघि बढाएको हो।

