काठमाडौँ–साताको पहिलो दिन आइतबार सुनको मूल्य ओराला लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।