महोत्तरी-यहाँथित माध्यमिक विद्यालय भङ्गाहा सीतापुर सिद्धपुरमा कक्षा ६ मा अध्ययनरत छात्रा सोनी साह ‘टिफिन’पछि लाग्ने घण्टीको पर्खाइमा हुन्छिन् । विद्यालयमा आइतबारदेखि बिहीबारसम्म पाँचौँ घण्टीमा कम्प्युटर विषयको अभ्यास कक्षा हुने हुँदा टिफिनमा पनि सोनीको ध्यान ‘घण्टी लाग्यो कि’ भन्नेतर्फ केन्द्रित भएको हो । “टिफिनमा खेल्ने सुरमा हुँइन्छ, कहिलेकाहीँ घण्टी लागेको पत्तै पाइँदैन, कम्प्युटर कक्षा छुट्ने हो कि भन्ने भइरहन्छ”, उनीले भनिन्…