माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएका छन् । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएका छन् । आजको बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएका छन् ।
सम्पत्ती न्यूज
२ भाद्र २०७९, बिहीबार