राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी ओलीले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानून न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार