काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई वितरण गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ । शीतल निवासमा आज बिहान १०ः३० बजेको साइतमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई बिदाइका दिन वितरण गरिने राडी, पाखी, बख्खु, कमण्डलु, च्यादर, फलफूल र सिदासहितको सामग्री उहाँले विधिपूर्वक सङ्कल्प गर्नुभएको हो । सङ्कल्प गरिएको सामग्री प्रतिष्ठित साधुसन्तलाई प्रदान गरिने गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख…