सुहाङले लिए प्रतिनिधि सभा सदस्यको शपथ
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरवारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिन्ह प्रदान…
सम्पत्ती न्यूज
२६ बैशाख २०८१, बुधबार