उपसचिव उमाकान्त अधिकारीलाई कारबाही गर्न नपर्ने निष्कर्ष

Nepal Cover
२६ बैशाख २०८१, बुधबार
image

काठमाडाै । गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि अधिकारीलाई कारबाही गर्न नपर्ने गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो ।

सुन तस्करीमा संलग्न फरार प्रतिवादी जीवन चलाउनेसँग उपसचिव अधिकारीको सम्पर्क देखिएको थियो । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङ्गको प्रमुख जिल्ला अधिकारी थिए ।