राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएकाे चैत १३ मा मात्र देख्न पाइने भएकाे छ । १२ गतेसम्म सबै काम सकाउने र १३ गते बालेन नेतृत्वकाे सरकार बन्ने भएकाे हाे ।
चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम छ। त्यसपछि बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने र प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ (१) बमोजिम दाबी पेस गर्ने बताइएको छ। रास्वपाले १८२ सिट जितेकाले एक्लै बहुमतको सरकार बनाउने भएको हो।
चैत १३ गते रामनवमी पर्ने भएकाले शुभ दिनका रूपमा बालेनले सो दिन रोजेको बताइन्छ। देशभर रामनवमी धुमधामका साथ मनाउने गरिन्छ।