काठमाडौँ । नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरेका हुन् ।संसदमा सरकारले ल्याएका अध्यादेश पेश गर्न थालिएपछि काँग्रेसले त्यसलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएका थियो । तर काँग्रेसको आग्रहका बीच जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको हो।