देश र जनतालाई समृद्ध बनाउने राजनीतक दलहरुको दावा सैद्धान्तिक धरातलबाट प्रयोगमा आउन सकेन । ०१७ सालमा सबै राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाई पञ्चायती व्यवस्थाको एकल शासन पद्धतिले पनि नेपाललाई स्वीटजरल्याण्ड बनाउने दावाका साथ ३० वर्षसम्म शासन ग¥यो । जनतासँग गरेको सो दावा मिथ्या साबित भएपछि पञ्चायती व्यवस्थाको एकलौटी शासन गर्ने शैलीमाथि प्रश्नचिन्ह लाग्यो र जनताले एकल शासन पद्धतिको अन्त गरि लोकतान्त्रिक…