काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याएकी छिन् । जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याएकी हुन्। उद्योगबाट ८५ महिलाले रोजगारी पाएको गौलीले जानकारी दिईन् । उनका अनुसार दुनाटपरी, बाँधेको धुप, सातथरि काठको दाउरा, पोते, डोरी, टीकालगायतका…