नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो
काठमाण्डू, श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो । जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन जोड्दै लक्ष्य पूरा गरेको…
सम्पत्ती न्यूज
१५ मंसिर २०८१, शनिबार