गृहमन्त्रीले पदबाट राजीनामा गरेर न्यायालयलाई सघाउनुपर्छ : नेपाली कांग्रेसक
काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहकारीको छानबिन निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन्। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको मुद्दा अदालतमा दर्ता भइसकेकाले अब पदबाट राजीनामा दिएर सघाउनुपर्ने कांग्रेसले माग गरेको छ ।…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार