एमाले बाहिरियो नागरिकता विधेयकमाथिको छलफलबाट
नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएका छन् । दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् ।…
सम्पत्ती न्यूज
१३ भाद्र २०७९, सोमबार