पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो । भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ ।…
सम्पत्ती न्यूज
१० चैत्र २०७८, बिहीबार