प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा घुस रकमसहित अख्तियारको फन्दामा
महोत्तरी, जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा अशोककुमार यादवलाई २० हजार रुपियाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो । प्रशासनका नासु यादव विनाघुस कुनै पनि काम नगर्ने गुनासोको आधारमा निगरानीमा रहेका उनलाई शुक्रबार दिउँसो घुस रकमसहित पक्राउ गरिएको…
सम्पत्ती न्यूज
८ मंसिर २०८१, शनिबार