November 22, 2024
विराटनगर, मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जना युवाको मृत्यु भएको छ।
बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो ।
घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक छ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका मोरङका डीएसपी बेद जोशीले जानकारी दिए।
‘तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र पश्चिम दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो।
दुर्घटनामा परेका दुवै मोटरसाइकल कसले चलाएको थियो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
मृतक दीपक र विष्णु नातेदार भएका बताइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी जोशीले बताए।
प्रकाशित मिति:November 22, 2024
April 15, 2025
April 15, 2025