गगनले दिए कांग्रेस सभापतिबाट राजीनामा

Nepal Cover
५ चैत्र २०८२, बिहीबार
image

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ को निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै गगन थापाले पार्टी सभापति पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत त्यो भने केन्द्रीय समितिले निर्णय गर्ने तयारी गरेको छ।

निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे ।

उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।