काठमाडौँमा बुधबार पुन: थप २ जनामा देखियो कोरोना
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक अनुसार उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो…
सम्पत्ती न्यूज
१० असार २०७७, बुधबार