वीरगञ्ज। गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या महिलासँगको प्रेम सम्बन्धका कारण भएको खुलेको छ। भारतीय नागरिक मनोज गुप्ता, स्कूलकी पूर्वशिक्षिका राधा गुप्ता र स्वर्णकारको प्रेम सम्बन्धका कारण उनको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । ‘प्रेमकै कारणले हत्या भएको देखिएको छ । उनका अनुसार प्रहरी अनुसन्धान करीब अन्तिम चरणमा पुगेको छ । आफ्नै नाता पर्ने…