काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीको महासचिव बनेका छन् । आइतबार बिहान बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । भुसालले मंसिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका थिए । यस्तै, यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।